माधव नेपालले गरे तीन मन्त्री र एक मुख्यमन्त्रीमा दावी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् । ‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो । सोहीअुनसार अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राख्नुभएको छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसमा प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गठबन्धनमा रहेका नेताहरुसँग एक्लाएक्लै भेटेर मन्त्रालय भागबण्डा र प्रदेश मुख्यमन्त्रीका बारेमा छलफल गरिरहेका छन् । सत्तारुढ दलको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डसँग शुक्रबारको भेटमा चाँडो मन्त्रिमण्डल विस्तार गर्नेबारे कुराकानी भएको बताए । ‘अब चाँडो मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने कुरा भयो’, नेता नेपालले प्रचण्डसँगको भेटवार्ताबारे भने, ‘आजै कांग्रेस सभापतिसँग पनि छलफल गरेर निर्णयमा पुग्छु भन्नुभएको छ ।’ मुख्यमन्त्रीमा समाजवादीले दावी गरेको हो ? भन्ने रातोपाटीको प्रश्नमा अध्यक्ष नेपालले स्वभाविक रुपमा दावी रहने जवाफ दिए ।
‘दावी त रहन्छ नै तर कुन प्रदेशको मुख्यमन्त्री भन्ने प्रश्ट भैसकेको छैन’, अध्यक्ष नेपालको भनाइ छ । यसअघि एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताउदै आएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले दावी गर्ने जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण