बुढीगण्डकीको बजेट रकमान्तर गरेको भन्दै सांसद बजगाईँको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बुढीगण्डकी परियोजनाको बजेट घटाएकोमा आपत्ति जनाएका छन् । गोरखा क्षेत्र नम्बर १ का सांसद बजगाईँले आयोजना र जनप्रतिधिलाई जानकारी नै नदिइ बुढीगण्डकीको १ अर्ब ४० करोड रूपैयाँ रकमान्तर गरेको बताए । ‘यो विषयलाई मैले गम्भीर रुपमा लिएको छु। गोर्खालीहरुको साझा सपना बुढीगण्डकी आयोजना निर्माणमा लाग्नुपर्ने समयमा अर्थ मन्त्रालयले आयोजनालाई जानकारी समेत नदिइकन रकमान्तर गर्नु दुर्भाग्यपूर्ण छ,’ सांसद बजगाईंले भने।
कांग्रेस सांसद बजगाईंले बुढीगण्डकी आयोजना निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गरेका छन्। बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण