अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाले दियो पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी चेतावनी दिएको छ । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ ।
यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । उत्तर कोरियाको सरकारी मिडियाले न्युक्लियर वार हेडद्वारा सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ ।
यसबारे उत्तर कोरियाली नेता किम जोङ उनको तस्बिर पनि सार्वजनिक गरिएको थियो जसमा उनी ‘टरपिडो’ जस्तो कुनै चिजसहित देखिएका छन् । दक्षिण कोरिया र अमेरिकाले महत्त्वाकाङ्क्षी युद्धाभ्यास गरिरहेका छन् ।
विगतका वर्षहरूमा दुवै देशले यति ठुलो परिमाणमा यस्तो युद्धाभ्यास नगरेको बताइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आफ्नो लापरवाह उक्साहटको मूल्य चुकाउनु पर्ने वाचा गरेका छन् ।
उनले उत्तर कोरियाले लगातार आफ्नो आणविक हतियार क्षमताको विकास गरिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण