नेपालको मातृमृत्यु दरमा सुधारः राष्ट्रिय जनगणना
शुक्रबार, १० चैत २०७९, १४ : ५६

काठमाडौं । नेपालमा मातृमृत्यु दरमा सुधार आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर १५१ जना रहेको उल्लेख गरिएको छ ।
२०१६ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर २३९ जना थियो । जनगणना अनुसार गएको १२ महिनाको अवधिमा प्रजनन उमेर समूह १५–४९ का १२ हजार ९७६ महिलाको मृत्युमध्ये ६५३ जना अर्थात पाँच प्रतिशतको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीमा उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना ९५ प्रतिशतको मृत्यु मातृमृत्युसँग सम्बन्धित देखिएको छ । यस अवधिमा ४ लाख १२ हजार ४ सय ३५ जना जीवित बच्चाको जन्म भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
-
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?
-
उस्तै थिए उनी