नेपालको मातृमृत्यु दरमा सुधारः राष्ट्रिय जनगणना
शुक्रबार, १० चैत २०७९, १४ : ५६
काठमाडौं । नेपालमा मातृमृत्यु दरमा सुधार आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर १५१ जना रहेको उल्लेख गरिएको छ ।
२०१६ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर २३९ जना थियो । जनगणना अनुसार गएको १२ महिनाको अवधिमा प्रजनन उमेर समूह १५–४९ का १२ हजार ९७६ महिलाको मृत्युमध्ये ६५३ जना अर्थात पाँच प्रतिशतको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीमा उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना ९५ प्रतिशतको मृत्यु मातृमृत्युसँग सम्बन्धित देखिएको छ । यस अवधिमा ४ लाख १२ हजार ४ सय ३५ जना जीवित बच्चाको जन्म भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण