प्रचण्डमा पद गुम्ने डर छः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् ।
मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए । शुक्रवार साई शिक्षा निकेतन माध्यमिक विद्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको उल्लेख गरे । उनले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए ।
बालबालिकाहरूलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने भन्दै उनले तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने धारणा राखे ।
महामन्त्री थापाले साना साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग खार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए । महामन्त्री थापाले बालबालिकाहरूलाई एक अर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?