ओलीलाई नेपालको प्रश्न : पार्टी एकताका लागि तयार हो ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो ? भनेर प्रश्न गरेका छन् । शुक्रबार पार्टीका भूपू प्रहरी तथा सैनिक संगठनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । केही समयअघि राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि आफुले नेकपा ब्युँताउन प्रस्ताव गर्दा प्रचण्ड सहमत भएपनि अध्यक्ष ओली सहमत नभएको नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले पुनः ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? पार्टी एकताको लागि त्याग गर्न तयार हो त ? ल ठीक छ, पार्टी एकताको लागि को–को ले के–के त्याग गर्नुपर्ने हो तयार हुनुपर्यो !’ उनले विभिन्न पार्टीभित्र गलत प्रवृतिका विरुद्ध नयाँ ढंगले जुध्नुपर्छ भन्ने आवाज आफुले सुनिरहेको भन्दै भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ अहिले पनि पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण