बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उनले भने, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”
प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उनले भने, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकबाट भ्रम फैलाउने युवती समातिइन्
-
गण्डकी प्रदेशले लाइसेन्स पोखरामै छाप्ने, १० करोड विनियोजन
-
गणतन्त्र र राजतन्त्र : भ्रम र यथार्थ
-
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
-
गण्डकी सरकारले स्वास्थ्य, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका लागि कति छुट्यायो बजेट ?
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव