अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने
शुक्रबार, १० चैत २०७९, १९ : २७

काठमाडौँ । अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ। आज क्याम्पसमा भएको छलफलपछि १८ गते निर्वाचन गर्ने निर्णय भएको हो।
निर्वाचनको पुर्वसन्ध्यामा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । जसले गर्दा ५ चैतमा निर्वाचन हुन सकेकाे थिएन। बिहीबार क्याम्पस प्रशासनसँग अखिल क्रान्तिकारीको ताला खोल्ने सहमति भएको तियो।
क्रान्तिकारीसँग सहमति भएपछि निर्वाचन गर्ने वातावरण बनेको हो। यसअघि उच्च अदालत पाटनले समेत यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको तियो।
क्याम्पस प्रमुख डा. लोकबहादुर बरालले अब तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त