अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने
शुक्रबार, १० चैत २०७९, १९ : २७
काठमाडौँ । अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ। आज क्याम्पसमा भएको छलफलपछि १८ गते निर्वाचन गर्ने निर्णय भएको हो।
निर्वाचनको पुर्वसन्ध्यामा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । जसले गर्दा ५ चैतमा निर्वाचन हुन सकेकाे थिएन। बिहीबार क्याम्पस प्रशासनसँग अखिल क्रान्तिकारीको ताला खोल्ने सहमति भएको तियो।
क्रान्तिकारीसँग सहमति भएपछि निर्वाचन गर्ने वातावरण बनेको हो। यसअघि उच्च अदालत पाटनले समेत यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको तियो।
क्याम्पस प्रमुख डा. लोकबहादुर बरालले अब तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण