कर्णालीकी राज्यमन्त्री उर्मिला- जसले १०० बाख्रासहित गाई गोरु र भैँसी पालेकी छन्
सुर्खेत । कर्णाली प्रदेशकी भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्मा ६ मन्त्रीमध्ये एउटा अपवाद हुन्, जसले भेडा बाख्रा, गाई गोरु र भैँसी पालन गरिरहेकी छन् । डोल्पाको त्रिपुरा सुन्दरी–३ की विश्वकर्माले १०० वटा बाख्रा २० वटा गाई गोरु र ५ वटा भैँसी पालन गरिरहेकी हुन् ।
अहिलेको समयमा मान्छेहरू पशुपालनबाट पलायन भइरहेको अवस्था छ । तर विश्वकर्माले भने यहीबाट नै लाखौँ आम्दानी गर्ने गरिरहेकी छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार गाउँमा उनको उत्कर्ष बाख्रा फर्म छ । जहाँ १०० वटा बाख्रा १५ लाखमा खरिद गरेको उनले बताएकी छन् । बाँकी गाई गोरु र भैँसी भने उनका आफ्नै घरका पैतृक सम्पत्ति हुन् ।
पशुपालन क्षेत्रमा अन्य मन्त्री भने अग्रसर भएको देखिँदैनन् । समानुपातिक कोटाबाट सांसद बनेकी विश्वकर्मालाई मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको थियो ।
विश्वकर्माको सम्पत्ति विवरण अनुसार गाउँमै २ वटा घर छन् । एउटा घर १५ लाखमा खरिद गरिएको र एउटा पुरानो आफ्नै घर रहेको छ । अरू मन्त्रीको जस्तो सहर बजारतिर उनको जग्गा जमिन समेत नरहेको उल्लेख गरिएको छ ।
यस्तै चल सम्पत्तिमा उनीसँग १२ तोला सुन, १० तोला चाँदी र १० लाल हिरा छ । उनी व्यवसायबाट नै लाखौँ रकम आम्दानी गर्ने गरेकी छन् । व्यवसायबाट प्राप्त गरेको २० लाख बराबरको रकम उनको बैँकमा मौज्दात रहेको छ । उनी बाला त्रिपुरासुन्दरी सहकारी संस्थाकी उपाध्यक्ष समेत हुन् । उनको ५० हजार बराबरको लगानी सहकारीमा पनि रहेको छ।
यस्तो छ उनको सम्पत्ति विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण