एक दर्जन बढी आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो ।
विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र निर्वाचन सम्पन्न गर्नैपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण