बबरमहलमा लोसपा कार्यकारिणी समितिको बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तार लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । सो पार्टीले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता पनि गराउने भएको छ । त्यसको आधिकारिक निर्णय आजको बैठकबाट हुने उनले बताए । यसअघि बसेको शीर्ष नेताको बैठकले दल दर्ता गराउने, बारामा हुने उपनिर्वाचनमा उम्मेदवार उठाउने लगायतका विषयमा छलफल गरिसकेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सरकारका विषयमा छलफल पनि गरेका छन् । सम्मानजनक सहभागी हुने वतावरण बनेमा सरकारमा सहभागी हुने निर्णय समेत सो पार्टीका शीर्ष नेताहरुले गरिसकेका छन् । यिनै विषयहरुको अनुमोदनका लागि आजको कार्यकारिणी समितिको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण