बबरमहलमा लोसपा कार्यकारिणी समितिको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तार लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । सो पार्टीले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता पनि गराउने भएको छ । त्यसको आधिकारिक निर्णय आजको बैठकबाट हुने उनले बताए । यसअघि बसेको शीर्ष नेताको बैठकले दल दर्ता गराउने, बारामा हुने उपनिर्वाचनमा उम्मेदवार उठाउने लगायतका विषयमा छलफल गरिसकेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सरकारका विषयमा छलफल पनि गरेका छन् । सम्मानजनक सहभागी हुने वतावरण बनेमा सरकारमा सहभागी हुने निर्णय समेत सो पार्टीका शीर्ष नेताहरुले गरिसकेका छन् । यिनै विषयहरुको अनुमोदनका लागि आजको कार्यकारिणी समितिको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर