बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसबिना देशले विकास र निकास पाउँदैन : मन्सुर

शनिबार, ११ चैत २०७९, १४ : २२
शनिबार, ११ चैत २०७९

बिर्तामोड  । नेपाली कांग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन लोकतन्त्रवादी दलहरू प्रयासरत रहेको बताएका छन् । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई  शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्व मन्त्री मन्सुरले निर्दलीयतावादी र एकाधिकारवादी चिन्तन बोकेका बाहेक अरू राजनैतिक दलहरू लोकतन्त्रको संस्थागत विकासका लागि एकजुट हुँदै गएको बताएका हुन् ।

नेकपा एमाले सँगको सहकार्य र सहयात्रा विश्वासिलो र भरपर्दो नभएकै कारण दुई–दुई पटक कम्युनिस्ट गठबन्धन असफल भएर नेपाली काँग्रेसको नेतृत्व र सहभागितामा सरकार बनेर देशले निकास पाएको बताउँदै नेता मन्सुरले कांग्रेसबिना देशले विकास र निकास नपाउने कुरालाई जनताले अनुभूति गरिसकेको दाबी गरे ।

निष्ठा, त्याग, बलिदान, सत् चरित्र र समर्पण बिनाको राजनीति गर्ने र पैसा कमाउनका लागि राजनीतिलाई माध्यम बनाउनेहरूको अन्त्य दुःखदायी हुने बताउँदै नेता मन्सुरले भने, ‘देश र जनताको सेवा गर्छौँ भन्नेहरूको मनमा लोभ र पाप पलाउँदा देश र जनताले सास्ती भोग्नु परेको हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाइँले चरम आर्थिक मन्दीको मारमा परेका जनतालाई राहत हुने गरी सरकारले नीति कार्यक्रम ल्याउनेतर्फ काँग्रेसको केन्द्रीय नेतृत्वले विशेष ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप