माओवादी केन्द्रबाट निर्वाचित कोशी प्रदेशका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण
विराटनगर । स्थानीय तह, प्रदेश तथा संघीय संसद्मा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई माओवादी केन्द्र कोशी प्रदेशले दुई दिनसम्म प्रशिक्षण दिएको छ ।
विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा भएको प्रशिक्षणमा वडाध्यक्षदेखि माथिका सबै जनप्रतिनिधिको सहभागिता थियो । प्रशिक्षणमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै पार्टीको जनआधार बलियो बनाउने उपायबारे प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।
यस्तै निर्वाचित जनप्रतिनिधिहरूलाई संघीय संरचना कार्यान्वयन र जनताको भावना अनुसारका योजना कार्यान्वयनका विषयमा पनि प्रशिक्षण दिइएको थियो । दुई दिने कार्यशाला नाम दिइएको प्रशिक्षणको नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्कीले उद्घाटन गरेका थिए ।
कार्यशालाको पहिलो दिन जनप्रतिनिधिहरूले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने दोस्रो दिन बजेट निर्माण र योजना तर्जुमा, संविधान, संघीयता र कानुन क्षेत्राधिकार, वैज्ञानिक समाजवाद, समाजवाद उन्मुख अर्थतन्त्र, शासन र सुशानबारेमा प्रशिक्षण दिइएको थियो । जसमा विज्ञहरू डा.चन्द्रकान्त ज्ञवाली, लीलामणि पौडेल, हरि रोका, राम कार्की पार्थ र डा. भिमा ढुङ्गानाले प्रशिक्षण दिए । कार्यशालामा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित कोशी प्रदेशका १ सय २४ वडाध्यक्ष, ३३ जना स्थानीय तहका प्रमुख उप–प्रमुख तथा अध्यक्ष उपाध्यक्ष, प्रदेशसभा तथा संघीय संसद्का सदस्यहरूको पनि उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण