उपराष्ट्रपति यादव आज बारा जाँदै

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव महागढीमाईको दर्शनका लागि आज बारा जाने भएका छन् ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ ।
महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ । त्यस्तै भोलि चैत १३ गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ । सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।
आफ्नो निवासमा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ
-
आसर्नलविरुद्धको सेमिफाइनल खेलअघि डेम्बेलको आगमनले उत्साही पीएसजी
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार