शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल गोरखा दरबारमा

आइतबार, १२ चैत २०७९, ११ : ०७
आइतबार, १२ चैत २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन् ।  राष्ट्रपति पौडेल विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा गएका थिए । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुगेका छन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् । उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप