बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२० वर्षसम्म ८ घण्टासम्म व्यायाम गरे, अहिले हिँड्न सक्दैनन्

आइतबार, १२ चैत २०७९, १३ : २९
आइतबार, १२ चैत २०७९

कुनै बेला ८ घण्टासम्म व्यायाम गर्ने एक व्यक्ति अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । ६० वर्षका ती व्यक्तिले २४ घण्टामा ८ घण्टा जगिङ, वाकिङ र सयौँ पटक सिट अप गरेर बिताउने गर्दथे । यसैका कारण उनलाई डिजेनेरेटिभ आर्थराइटिस नामको रोगले च्याप्यो तसर्थ उनी पछिल्लो समय हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् ।

धेरैले भन्छन्, ‘अमृत पनि विष हुन्छ’ । यसमा व्यायाम पनि अपवाद होइन । चिनियाँ समाचारपत्र सान्क्षी डेलीले हेनान प्रान्तका ६० वर्षका ती व्यक्तिबारे खबर प्रकाशित गरेको छ । उक्त समाचारपत्रका अनुसार उनले आफू लगभग ४० वर्षको हुँदादेखि व्यायाम गर्न थालेको र उनले यति धेरै व्यायाम गरे कि उनको जोर्नीमा क्षति पुगेको छ । 

झेङ्झाउमा बस्ने ती व्यक्तिले हरेक बिहान करिब साढे दुई घण्टा हिँड्ने, दौडने र पुल– अप गर्ने गर्दथे, त्यसपछि करिब दुई घण्टा पौडी खेल्ने र त्यसपछि दिनमा ८०० सिट–अप, सयौँ पुश–अप गर्ने गर्दथे । त्यसमाथि ब्याडमिन्टन पनि खेल्दथे । तर दुर्भाग्यवश, उनको शरीरले त्यो धान्न सकेन र उनको जोर्नी व्यापक दुख्न थाल्यो । 

joggingती व्यक्तिले यस्तो जीवनशैली किन अपनाए भन्ने स्पष्ट कारण खुल्न सकेको छैन । उनी फिटनेस प्रशिक्षक वा बेरोजगार नभएसम्म यो खासै सम्भव पनि छैन । २० वर्षसम्म यस्तो व्यायाम गरेता पनि केही हप्ताअघि उनको घुँडा र कुहिनोमा यति असह्य पीडा भयो कि उनी हिँड्नसमेत सकेनन् ।

उनको परिवारले उनलाई हेनान प्रान्तको लुओयाङ अर्थोपेडिक अस्पताल पुर्‍याए । उपचारपश्चात् डाक्टरले उनलाई डिजेनेरेटिभ आर्थराइटिस, हाइपरप्लासिया र कुहिनाको जोर्नीको क्षय भएको पत्ता लगाए । ती सबै अत्यधिक व्यायामका कारण भएको थियो ।

लुओयाङ अर्थोपेडिक अस्पतालका निर्देशक लियान जीले विबोमा सर्वसाधारणलाई व्यायाम मध्यम खालको हुनुपर्ने र यसलाई हल्का तरिकाले सुरु गर्न सुझाए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप