२० वर्षसम्म ८ घण्टासम्म व्यायाम गरे, अहिले हिँड्न सक्दैनन्
कुनै बेला ८ घण्टासम्म व्यायाम गर्ने एक व्यक्ति अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । ६० वर्षका ती व्यक्तिले २४ घण्टामा ८ घण्टा जगिङ, वाकिङ र सयौँ पटक सिट अप गरेर बिताउने गर्दथे । यसैका कारण उनलाई डिजेनेरेटिभ आर्थराइटिस नामको रोगले च्याप्यो तसर्थ उनी पछिल्लो समय हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् ।
धेरैले भन्छन्, ‘अमृत पनि विष हुन्छ’ । यसमा व्यायाम पनि अपवाद होइन । चिनियाँ समाचारपत्र सान्क्षी डेलीले हेनान प्रान्तका ६० वर्षका ती व्यक्तिबारे खबर प्रकाशित गरेको छ । उक्त समाचारपत्रका अनुसार उनले आफू लगभग ४० वर्षको हुँदादेखि व्यायाम गर्न थालेको र उनले यति धेरै व्यायाम गरे कि उनको जोर्नीमा क्षति पुगेको छ ।
झेङ्झाउमा बस्ने ती व्यक्तिले हरेक बिहान करिब साढे दुई घण्टा हिँड्ने, दौडने र पुल– अप गर्ने गर्दथे, त्यसपछि करिब दुई घण्टा पौडी खेल्ने र त्यसपछि दिनमा ८०० सिट–अप, सयौँ पुश–अप गर्ने गर्दथे । त्यसमाथि ब्याडमिन्टन पनि खेल्दथे । तर दुर्भाग्यवश, उनको शरीरले त्यो धान्न सकेन र उनको जोर्नी व्यापक दुख्न थाल्यो ।
ती व्यक्तिले यस्तो जीवनशैली किन अपनाए भन्ने स्पष्ट कारण खुल्न सकेको छैन । उनी फिटनेस प्रशिक्षक वा बेरोजगार नभएसम्म यो खासै सम्भव पनि छैन । २० वर्षसम्म यस्तो व्यायाम गरेता पनि केही हप्ताअघि उनको घुँडा र कुहिनोमा यति असह्य पीडा भयो कि उनी हिँड्नसमेत सकेनन् ।
उनको परिवारले उनलाई हेनान प्रान्तको लुओयाङ अर्थोपेडिक अस्पताल पुर्याए । उपचारपश्चात् डाक्टरले उनलाई डिजेनेरेटिभ आर्थराइटिस, हाइपरप्लासिया र कुहिनाको जोर्नीको क्षय भएको पत्ता लगाए । ती सबै अत्यधिक व्यायामका कारण भएको थियो ।
लुओयाङ अर्थोपेडिक अस्पतालका निर्देशक लियान जीले विबोमा सर्वसाधारणलाई व्यायाम मध्यम खालको हुनुपर्ने र यसलाई हल्का तरिकाले सुरु गर्न सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण