मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सम्पन्न
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु पनि हस्तान्तरण गरेको छ ।
साथै , बैंकले दाङको घोराही उप– महानगरपालिका–१६, तेरोटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने नुवाकोटको विदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।
यस सहयोगले सम्बन्धित क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण