मैथिल सञ्चारकर्मी संघद्वारा ५ जना सम्मानित

विराटनगर । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वर्द्धन र समाज विकासकोे क्षेत्रमा योगदान पुर्याएको भन्दै पाँच जनालाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पुर्याएको भन्दै नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा साहित्यकार धिरेन्द्र प्रेमर्षि, गायक रामा मण्डल, सहिद दिनदयाल मण्डलको परिवार, लेखिकाकुमारी श्रेया र पत्रकार ब्रम्हदेव यादव रहेका छन् । उनीहरुलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल र मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णसहित पुरस्कारका संस्थापकहरुले सम्मान गरेका छन् ।
साहित्यकार प्रेमर्षिलाई २१ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित ‘इन्द्र मिथिला गौरव सम्मान–२०७९’ प्रदान गरिएको छ । गायक रामा मण्डललाई ११ हजार १११ रुपैयाँ राशीको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चद्वारा स्थापित ‘उज्जवल नक्षत्र मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ । सञ्चारकर्मी संघले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मोरङको जहदा गाउँपालिका वडा नं. ६ का दीनदयाल मण्डलको परिवारलाई समेत सम्मान गरेको छ । सहिद मण्डलको परिवारलाई भने संघले ७ हजार १५१ रुपैयाँ राशीको ‘रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी स्मृति पुरस्कार’ प्रदान गरेको छ ।
यस्तै, पत्रकार ब्रम्हदेव यादव र लेखिका कुमारी श्रेयालाई पनि मैथिल सञ्चारकर्मी संघले सम्मान गरेको छ । यादव र श्रेयालाई जनही ५ हजार १५१ रुपैयाँ नगदसहित ‘रामपरीदेवी पत्रकारिता पुरस्कार’ र ‘कौशल्या मुसहरु स्मृति पुरस्कार’ ले सम्मान गरिएको छ । पत्रकार यादवलाई पछिल्लो दुई दशकदेखि पत्रकारिता क्षेत्रको माध्यमबाट मैथिल संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको सञ्चारकर्मी संघले जनाएको छ । संघका अनुसार श्रेयालाई भने मैथिली तथा नेपाली भाषाको लेखन क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पठनपाठनको अभावमा मैथिल संस्कृतिको विकास हुन नसकिरहेको बताए । उनले घरमा समेत मैथिल भाषा प्रयोग नहुनुले मैथिल संस्कृति लोप हुँदै गएको जिकिर गरे । ‘हामी मैथिली लेखपढ गर्दैनौं । मैथिली बोल्न लजाउँछौं । कुराकानी पनि अन्य भाषामै गर्छौं । हाम्रो पहिचानको मुख्य बाधक यही नै हो,’ उनले भने, ‘मैथिल संस्कृतिको विकास लागि सर्वप्रथम त मातृभाषाको अधिकतम प्रयोगमा ध्यान पुर्याउनुपर्छ ।’
कार्यक्रममा बोल्दै सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णले मैथिली भाषा संस्कृतिको विकास र सम्वर्द्धनमा योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गर्न पाउनु गौैरवको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी