नेपाली सेना र अमेरिका सेनाबीच तीन दिने बैठक हुने
काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिवसीय बैठकको आयोजना हुने भएको छ । नेपाली सेनाका अनुसार चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ आयोजना हुने भएको हो ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आयोजना हुने गरेको सेनाको भनाई छ । गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
यस पटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ । अमेरिकी सेनाको प्यासिफिक कमान्डकाका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन् । बैठकबारे सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण