रोनाल्डोको दुई गोलमा पोर्चुगलको गोल वर्षा
लिजबन । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ को छनोट खेलमा लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । समूह जे अन्तरगतको आइतबार राति भएको खेलमा पोर्चुगल ६–० गोलले विजयी भएको हो ।
३८ वर्षीय रोनाल्डोले खेलको नवौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जोओ फेलिक्स र बर्नार्डो सिल्भाले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ३१ औँ मिनेटमा अल नासरका स्ट्राइकरले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा सब्सिटच्युट ओटाभियो र राफायल लियोले गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । लगातार दुई खेल जित्दै पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ ।
बिहीबार लिख्टेन्सटाइनविरुद्ध दुई गोल गरेका रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा पोर्चुगलको सर्वाधिक गोलको कीर्तिमानलाई थप फराकिलो बनाएका छन् । उनले ३७ खेलमा ३५ गोल गरेका छन् ।
नयाँ म्यानेजर रोबर्टो मार्टिनेजले पोर्चुगलमा कुनै गोल नखाई लगातार दुई जीत हासिल गर्दै सुखद सुरुवात गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण