२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १२ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ ।
यसैगरी, १८२ दिनको लागि ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो भने यो ट्रेजरी असोज ९ गते परिपक्व हुनेछ । उता, बैंकले एक वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण