एकजना पनि तलबी कामदार नराखी १ लाख ३७ हजार भन्दा बढी घरेलु उद्योग सञ्चालनमा
काठमाडौँ । मुलुकमा तलबी कामदार नराखी १ लाख ३७ हजारभन्दा बढी लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १ लाख बढी घरेलु उद्योग तलबी कामदार नराखी सञ्चालनमा रहेको पाइएको हो । तथ्याङ्क अनुसार ६ लाख २७ हजार ८८७ घर परिवार (कृषि बाहेक) विभिन्न साना तथा लघु प्रकृतिका उद्योग व्यवसायमा संलग्न देखिएका छन् । यो कुल उद्योग सञ्चालनको ९.४ प्रतिशतको हिस्सा हो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस्ता साना घरेलु उद्योग व्यवसाय सञ्चालन गर्नेहरु मध्ये १ लाख ३७ हजार ६४४ (२१.९ प्रतिशत) घरेलु उद्योगमा, ३ लाख १० हजार ६५१ (४९.५ प्रतिशत) व्यापार व्यवसायको क्षेत्रमा, ३४ हजार ६५६ (५.५ प्रतिशत) यातायातको क्षेत्रमा, ६९ हजार १७७ (११.० प्रतिशत) सेवा क्षेत्रमा र ७५ हजार ५५९ (१२.० प्रतिशत) अन्य किसिमका व्यवसाय सञ्चालनमा आवद्ध रहेका छन् ।
तर, यी व्यवसायिक क्षेत्रमा एकजना पनि तलबी कामदार छैनन् भने कुनैपनि सरकारी निकायमा समेत दर्ता भएका छैनन् । उल्लेखित साना घरेलु व्यवसायमध्ये मुख्य रुपमा पुरुषले सञ्चालन गरेका व्यवसाय ५५.० प्रतिशत र महिलाले सञ्चालन गरेका ४५.० प्रतिशत रहेका छन् । यसैगरी प्रदेशगतरुपमा कुल साना घरेलु व्यवसायमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १,५३,५२२ (२४.५ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशमा ३२,४६३ (५.२ प्रतिशत) वटा परिवारले सञ्चालन गरेको रिपोर्टमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण