लामो समयपछि चीन फर्किए अर्बपति व्यापारी ज्याक मा

लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ ।
५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए । त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखिए ।
ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे जहाँ उनले साथीहरूसँग भेटघाट गरे । उनी अन्तर्राष्ट्रिय कला महोत्सवमा पनि गए ।
ज्याक मा कृषि प्रविधिको बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरिरहेका थिए तर पछिल्ला वर्षहरूमा उनी किन सर्वसाधारणको नजरबाट टाढा थिए भन्ने जानकारी भने अखबारले दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पताल गौर मधेस प्रदेशमा पुनः उत्कृष्ट
-
‘विगतका तुलनामा यो बजेट यथार्थमा आधारित छ’
-
रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू