शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो यार्सागुम्बाको निर्यात, ८ महिनामा ३६ करोड भित्रियो

सोमबार, १३ चैत २०७९, १६ : १६
सोमबार, १३ चैत २०७९

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनाको तुलनामा यार्सागुम्बाको निर्यात बढेको हो । चालू वर्षको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा नेपालबाट ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसअवधिमा नेपालबाट ५६४ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

जबकी, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट २४ करोड ५८ लाख १७ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट जम्मा ३९७ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । नेपालबाट विश्वका एक दर्जन देशमा यार्सागुम्बा निर्यात हुने गरेको देखिएको छ । ८ महिनाको अवधिमा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, कोरिया, इटाली, मलेसिया, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।

नेपालबाट कम्बोडियामा ११ करोड ५९ लाख ४३ हजार रुपैयाँ बराबरको १७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, हङकङमा १७ करोड ७५ लाख रुपैयाँ बराबरको २५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनतर्फ २१ लाखको र फ्रान्सतर्फ १० लाखको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । इटालीमा ९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा ३४ लाख रुपैयाँको र सिंगापुरमा १ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक बेलायतमा २० लाखको निर्यात हुँदा अमेरिकामा ५१ लाख रुपैयाँको र भियतनाममा ४ करोड २३ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा नेपालबाट यार्सागुम्बा निर्यात बढेको छ । गत वर्ष २४ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । जबकी, चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यो गत वर्षको तुलनामा ११ करोड ७६ लाख रुपैयाँ बढी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप