लगातार तीन दिन समयमा नआउने कर्मचारी गयल हाजिरीमा
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गत कार्यालयमा लगातार तीन दिनसम्म समयमा कार्यालय नआउने कर्मचारीलाई चौथो दिनदेखि गयल हाजिरीको अभिलेखमा राख्न थालेको छ। उपप्रधान एवं विभागीय मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले सम्हालेपछि सुशासनतर्फको पहिलो काम हो यो। मन्त्रालयले विद्युतीय शासनलाई प्राथमिकता दिँदै कर्मचारीले समयको पालना गर्नुपर्ने, ई–हाजिरी गर्नुपर्ने र कार्यालय स्वचालित बनाउनुपर्ने भन्दै कर्मचारीलाई जवाफदेही हुनसमेत निर्देशन दिएको हो।
‘कर्मचारी समयमा आउनुपर्यो, कामले बाहिर जानुपर्ने हो भने जिम्मेवार व्यक्तिलाई सोधेर जानुपर्छ, विनाकारण समयमा अनुपस्थित हुन पाइँदैन,‘ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भने,‘ तीन दिनसम्म लगातार समयमा कार्यालय अनुपस्थित हुने कर्मचारीलाई गयल हाजिरीको अभिलेखमा राखेर कारबाही गरिन्छ।’
जनशक्ति व्यवस्थापन तर्फ पद अनुसारका कर्मचारीहरुलाई जिम्मेवारी दिई कामकाज गर्ने व्यवस्था मन्त्रालयले गरेको दावी श्रेष्ठको छ। उनले भने,‘कर्मचारीको सरुवा प्रक्रियालाई न्यायसंगत, पारदर्शी र स्वच्छ बनाईएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण