प्रज्ञाका कर्मचारीलाई सेवा पदक र प्रमाणपत्र प्रदान
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार त्यहाँका कर्मचारीहरूलाई प्रज्ञा सेवा पदकका साथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा प्रदान गरिँदै आएको तर अघिल्लो वार्षिकोत्सवमा प्राविधिक कारणवश प्रदान गर्न नसकिएका सेवा पदक तथा पुरस्कारहरू प्रदान गरिएको हो ।
प्रतिष्ठानमा १५ वर्ष अनवरत सेवा गरेबापत प्रदान गरिने सेवा पदक प्राप्त गर्ने कर्मचारीहरूमा विशाल लामा र कृष्णबहादुर दाहाल थिए । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रको प्रवद्र्धन गर्ने गहन अभिभारा पूरा गर्न आपूmहरू लागिपरेको बताए ।
प्रज्ञा–प्रतिष्ठानका आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीले आजीवन सदस्यलाई दोहोरो भत्ताको व्यवस्था खारेज गरेर नयाँ प्राज्ञ परिषद्ले अग्रगामी कदम चालेकामा खुसी व्यक्त गरे ।
कार्कीले प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको रोजगारीको सुरक्षाका साथै निजामती सेवाका कर्मचारीलाई जस्तै पेन्सन कोष र उपचारमा छुटको व्यवस्था गर्न प्रज्ञा व्यवस्थापन र मन्त्रालयको ध्यानाकर्षण गराए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण