बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञाका कर्मचारीलाई सेवा पदक र प्रमाणपत्र प्रदान

सोमबार, १३ चैत २०७९, १७ : ५१
सोमबार, १३ चैत २०७९

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार त्यहाँका कर्मचारीहरूलाई प्रज्ञा सेवा पदकका साथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा प्रदान गरिँदै आएको तर अघिल्लो वार्षिकोत्सवमा प्राविधिक कारणवश प्रदान गर्न नसकिएका सेवा पदक तथा पुरस्कारहरू प्रदान गरिएको हो । 

प्रतिष्ठानमा १५ वर्ष अनवरत सेवा गरेबापत प्रदान गरिने सेवा पदक प्राप्त गर्ने कर्मचारीहरूमा विशाल लामा र कृष्णबहादुर दाहाल थिए । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रको प्रवद्र्धन गर्ने गहन अभिभारा पूरा गर्न आपूmहरू लागिपरेको बताए । 
प्रज्ञा–प्रतिष्ठानका आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीले आजीवन सदस्यलाई दोहोरो भत्ताको व्यवस्था खारेज गरेर नयाँ प्राज्ञ परिषद्ले अग्रगामी कदम चालेकामा खुसी व्यक्त गरे । 

कार्कीले प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको रोजगारीको सुरक्षाका साथै निजामती सेवाका कर्मचारीलाई जस्तै पेन्सन कोष र उपचारमा छुटको व्यवस्था गर्न प्रज्ञा व्यवस्थापन र मन्त्रालयको ध्यानाकर्षण गराए । DSC_7336DSC_7374unnamed
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप