बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य

सोमबार, १३ चैत २०७९, १८ : ०२
सोमबार, १३ चैत २०७९

काठमाडौँ । चैते दसैँको छैटौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदै छ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरूले आज अर्घ्य अर्पण गर्दछन् । गत शुक्रवारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । मङ्गलवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।

कार्तिक महिनामा मनाइने छठ पर्व जतिको सङ्ख्यमा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरूले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरू पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा मुला, उखु,भाण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ । सन्ध्या अर्घ्य पश्चात् रातभर व्रतालुहरू जाग्राम बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप