चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य
काठमाडौँ । चैते दसैँको छैटौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदै छ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरूले आज अर्घ्य अर्पण गर्दछन् । गत शुक्रवारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । मङ्गलवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।
कार्तिक महिनामा मनाइने छठ पर्व जतिको सङ्ख्यमा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरूले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।
पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरू पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा मुला, उखु,भाण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ । सन्ध्या अर्घ्य पश्चात् रातभर व्रतालुहरू जाग्राम बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण