बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाले वर्षौँपछि बताइन् इन्डस्ट्री छाड्नुको कारण, भनिन् – मलाई कसैले फिल्ममा कास्ट गर्दैनथे

मङ्गलबार, १४ चैत २०७९, १२ : ३७
मङ्गलबार, १४ चैत २०७९

अभिनेत्री प्रियंका चोपडाले वर्षौँपछि बलिउड छोडेर हलिउड जाने निर्णयप्रति मौनता तोडेकी छिन् । मिडियालाई दिएको एक अन्तरवार्तामा अभिनेत्रीले बलिउडमा आफ्नो इच्छा अनुसार काम नपाएको र उद्योगको राजनीतिबाट आफू निराश भएको बताइन् ।

प्रियंकाले पहिलो पटक बलिउड छोडेको बारे खुलेर बोलिन्

हालै, डेक्स शेफर्डको पोडकास्ट सो आर्मचेयर एक्सपर्टमा, प्रियंकाले आफ्नो करियरको चरम सीमामा, बलिउड छोडेर गीत गाउन थालेको र अमेरिकामा काम खोज्न थालेको खुलासा गरिन् । प्रियंकाले बलिउडमा आफूले पाइरहेको कामबाट खुसी नभएको बताएकी थिइन् । उनले भनिन्, ‘मैले पहिलो पटक यस्तो कुरा गर्दै छु किनभने मलाई यस्ताे कुरा गर्न असुरक्षित महसुस हुन्छ ।’

priyanka3म बलिउडबाट भाग्ने बाटो खोज्दै थिएँ

प्रियंकाले थप भनिन्, ‘देसी हिट्सकी अञ्जली आचार्यले मलाई एक पटक म्युजिक भिडियोमा देखेपछि उनले मलाई फोन गरिन् । त्यति बेला म सात खून माफको सुटिङ गरिरहेको थिएँ । अञ्जलीले मलाई ‘अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहनुहुन्छ ?’ भनेर सोधिन् । म त्यति बेला बलिउडबाट भाग्ने खोजीमा थिएँ ।’

‘म यहाँबाट निस्कने कुनै बाटो खोजिरहेको थिएँ । मलाई इन्डस्ट्रीमा एउटा कुनामा धकेलिँदै थियो । मानिसहरूले मलाई कास्ट गरिरहेका थिएनन् । मलाई मानिसहरूसँग गुनासो थियो । म त्यस्ता खेलहरू खेल्न राम्रो छैन । म राजनीतिबाट थाकेको थिएँ र मलाई विश्राम चाहिएको थियो ।’

priyankaसंगीतकै कारण संसार घुम्ने मौका मिल्यो

प्रियंकाले भनिन्, ‘संगीतकै कारणले संसारको अर्को भाग घुम्ने मौका पाएँ । मैले उद्योगमा धेरै समयका लागि काम गरेको थिएँ र अब म यसलाई निरन्तरता दिन सक्छु भन्ने लागिरहेको थिएन । त्यसैले जब सङ्गीतको अफर आयो तब मैले भनेँ, ‘होस्, म त गएँ अमेरिका ।’

priyanka1संगीतमा जमेन करियर, अभिनयले बनाइन् पहिचान

प्रियंका चोपडा संगीत क्षेत्रमा प्रवेश गरिन् । उनले पिटबुल फर्रेल विलियम्स र जे जेड जस्ता अन्तर्राष्ट्रिय गायकहरूसँग काम गरिन् । तर, संगीत क्षेत्रमा उनको करियरले गति लिन सकेन ।

यसै क्रममा प्रियंकाले आफ्नो अभिनय राम्रो भएको महसुस गरिन् । यसपछि कसैले प्रियंका चोपडालाई अमेरिकामा अभिनयमा हात हाल्ने सुझाव दिए ।

priyanka2प्रियंकाले एबीसी शृङ्खला क्वान्टिकोमा अभिनय गरिन् जसले उनलाई विश्वव्यापी रूपमा चिनायो। अहिले प्रियंकाले अन्तर्राष्ट्रिय फिल्म र सो गर्छिन् । उनी छिट्टै सिटाडेल र लभ अगेनमा देखिनेछिन् । यसबाहेक उनको अर्को बलिउड फिल्म ‘जी ले जरा’ हो, जसमा प्रियंकासँगै आलिया र कट्रिना कैफ पनि छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप