शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लामखुट्टेले टोकेर चिलाइरहेको छ भने के गर्ने ?

मङ्गलबार, १४ चैत २०७९, १३ : ०५
मङ्गलबार, १४ चैत २०७९

गर्मीको मौसम आउन लाग्यो, अब त लुगाको भारी बोक्नु पर्दैन भनेर धेरैले राहतको सास फेरिरहनुभएको होला तर गर्मी महिनाको सकारात्मक पक्ष छन् भने यसको नकारात्मक पक्षलाई पनि नकार्न सकिँदैन । गर्मी महिनाको सबैभन्दा खराब पक्ष भनेको लामखुट्टेको टोकाइ हो । 

लामखुट्टेले टोक्दा चिलाउने, रातो दाग देखिने र टोकेको ठाउँमा सुन्निने जस्ता समस्या हुनसक्छ । यस्तोमा यी उपाय अपनाएर केही राहत महसुस गर्न सकिन्छ ।

मह

महमा एन्टिसेप्टिक गुण हुन्छ जसले घाउ छिटो निको हुन मद्दत गर्छ । साथै, यसले सुन्निन र चिलाउन पनि दिँदैन ।

घिउ कुमारी

घिउ कुमारी लगाउँदा चिसो महसुस हुन्छ । साथै यसले जलन हुँदैन र चिलाएको स्थानलाई पनि शान्त पार्छ ।

तुलसी

तुलसीको पातको पेस्ट बनाएर त्यो स्थानमा लगाउनुहोस् जहाँ लामखुट्टेले टोकेको छ । यसले जलन कम हुनेछ ।

टी ब्याग

टी ब्यागलाई केही बेरका लागि फ्रिजमा राख्नुहोस् । चिसो भएपछि यसलाई त्यो स्थानमा राख्नुहोस् जहाँ लामखुट्टेले टोकेपछि सुन्निएको छ ।

एप्पल साइडर भेनेगर

एप्पल साइडर भेनेगरमा पाइने एसिडले चिलाएको वा जलन भएको स्थानमा आराम प्रदान गर्छ ।

निम पेस्ट

निमको पातको पेस्ट बनाउनुहोस् र प्रभावित स्थानमा लगाउनुहोस् । यसले छालामा निखार ल्याउनुका साथै सुन्निएको पनि कम हुन्छ ।

बरफ

लामखुट्टेले टाेकेपछि तपाईँ आइस क्युब रगड्नुहोस् । यसले चिलाउने काम हुनेछ ।

बेकिङ सोडा

एक चम्चा बेकिङ सोडामा पानी मिसाउनुहोस् । यसलाई रातो भएको वा फोका उठेको ठाउँमा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप