लामखुट्टेले टोकेर चिलाइरहेको छ भने के गर्ने ?
गर्मीको मौसम आउन लाग्यो, अब त लुगाको भारी बोक्नु पर्दैन भनेर धेरैले राहतको सास फेरिरहनुभएको होला तर गर्मी महिनाको सकारात्मक पक्ष छन् भने यसको नकारात्मक पक्षलाई पनि नकार्न सकिँदैन । गर्मी महिनाको सबैभन्दा खराब पक्ष भनेको लामखुट्टेको टोकाइ हो ।
लामखुट्टेले टोक्दा चिलाउने, रातो दाग देखिने र टोकेको ठाउँमा सुन्निने जस्ता समस्या हुनसक्छ । यस्तोमा यी उपाय अपनाएर केही राहत महसुस गर्न सकिन्छ ।
मह
महमा एन्टिसेप्टिक गुण हुन्छ जसले घाउ छिटो निको हुन मद्दत गर्छ । साथै, यसले सुन्निन र चिलाउन पनि दिँदैन ।
घिउ कुमारी
घिउ कुमारी लगाउँदा चिसो महसुस हुन्छ । साथै यसले जलन हुँदैन र चिलाएको स्थानलाई पनि शान्त पार्छ ।
तुलसी
तुलसीको पातको पेस्ट बनाएर त्यो स्थानमा लगाउनुहोस् जहाँ लामखुट्टेले टोकेको छ । यसले जलन कम हुनेछ ।
टी ब्याग
टी ब्यागलाई केही बेरका लागि फ्रिजमा राख्नुहोस् । चिसो भएपछि यसलाई त्यो स्थानमा राख्नुहोस् जहाँ लामखुट्टेले टोकेपछि सुन्निएको छ ।
एप्पल साइडर भेनेगर
एप्पल साइडर भेनेगरमा पाइने एसिडले चिलाएको वा जलन भएको स्थानमा आराम प्रदान गर्छ ।
निम पेस्ट
निमको पातको पेस्ट बनाउनुहोस् र प्रभावित स्थानमा लगाउनुहोस् । यसले छालामा निखार ल्याउनुका साथै सुन्निएको पनि कम हुन्छ ।
बरफ
लामखुट्टेले टाेकेपछि तपाईँ आइस क्युब रगड्नुहोस् । यसले चिलाउने काम हुनेछ ।
बेकिङ सोडा
एक चम्चा बेकिङ सोडामा पानी मिसाउनुहोस् । यसलाई रातो भएको वा फोका उठेको ठाउँमा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण