आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

पहिचानवादी र प्रहरीबीच झडप : तनावग्रस्त बन्यो विराटनगर

मङ्गलबार, १४ चैत २०७९, १३ : ४६
मङ्गलबार, १४ चैत २०७९

विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो ।

झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगामुढा गरेका छन् ।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ । 

दिउँसो २ः०० बजेदेखि सुरु हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको छ । सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुगेका हुन् ।  पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

koshi protest (1)koshi protest (2)koshi protest (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप