मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधिका लागि एपीएफ र कोशी भिड्ने

मङ्गलबार, १४ चैत २०७९, १७ : १९
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो । 

जितपछि कोशीले चार खेलबाट ६ अङ्क बनायो । कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेलमा सुखद नतिजा निकाल्यो । एपिएफले तालिकामा ८ अङ्क बनाउँदै शीर्ष स्थानमा रह्यो । एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी  यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो । फाइनल खेल बिहीबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप