फिल्म ‘बहाव’ सेन्सर पास
मङ्गलबार, १४ चैत २०७९, १८ : १५
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै सबैले हेर्ने मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । फिल्म सेन्सर पास भएको निर्माता श्रीधर पौडेलले जानकारी दिएका छन् ।
चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रमोद कँडेलको लेखन÷निर्देशन रहेको छ । सुरक्षाको अलावा फिल्ममा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।
सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्ममा परिवार भित्रको विद्रोहको कथा प्रस्तुत गरिएको बताइएको छ । फिल्मको वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण