नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
मङ्गलबार, १४ चैत २०७९, २२ : ४५

धनगढी । नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६-७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खान रहेका छन् ।
खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता