प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरेका छन् । उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
आज काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार पनि फेरि फेरिने नभई अब ५वर्षको लागि स्थायी बनोस् भन्ने कामना गरे ।
उनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई प्रमुख तथा अध्यक्षको भन्दा बढी अधिकार रहेको बताए । उनले देशभर भइरहेको विकास निर्माणको काम अनुगमन गर्ने अधिकार उपप्रमुखलाई रहेको र देश निर्माणको महत्त्वपूर्ण भूमिकामा रहेकोले प्रभावकारी ढङ्गले अनुगमनको काम गर्न पनि आग्रह गरे ।
उनले स्थानीय तहका कारण गाउँ गाउँमा सिंहदरबार पुगेको मात्रै नभई न्यायिक समितिको रूपमा न्याय पालिका पनि पुगेको बताए । उनले स्थानीय तहमा हुने समस्या गाउँमै समाधान गरी काठमाडौँ महानगरसम्म आउने अवस्था सिर्जना नगर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण