राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा नागरिकलाई राजावादी हुने छुट छैन ?
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई कि छैन भन्दै प्रश्न गरेका छन् । बुधवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई मिटरब्याजी पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा दुर्व्यवहार भएको भन्दै भर्त्सना समेत गरे । प्रमुख सचेतक शाही मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका बेला प्रदर्शनकारीले अवरोध गरेका थिए । शाहीलाई मिटरब्याजी पीडितले नारा जुलुस गरेर धर्नास्थलमा प्रवेश गर्न रोक लगाएका थिए । प्रदर्शनकारीको सो कार्यको विरोध गर्दै अध्यक्ष लिङ्देनले सत्तापक्षीय कार्यकर्ताबाट अवरोध भएको आरोप लगाएका छन् ।
‘मिटरब्याजीबाट पीडित नागरिकहरु १३ दिन पैदल हिँडेर काठमाडौं आएपछि जिम्मेवार दलको जिम्मेवार नेता पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यहार गर्ने प्रयास भयो त्यसको घोर निन्दा र भ्रत्सना गर्दछु ।’ लिङ्देनले भने, ‘सरकारसँग प्रश्न गर्न चाहन्छु । के सरकार मुडभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने कुनै नागरिकलाई छुट छैन ?’ सरकारले मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्ने लिङ्देनले माग गरे । उनीहरुलाई न्याय दिने सवालमा कतैबाट अलमल्याउने काम नगर्न समेत उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण