‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’
काठमाडौँ । प्रतिनिधि सभा सदस्य मनिष झाले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय नगरेको बताए । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनप्रतिनिधिहरुले पनि मिटरब्याज पीडितहरुको समस्यालाई नकार्ने गरेका उल्लेख गरे । केही सांसदहरुले पनि साहुकारको संरक्षण गरेको भन्दै साहुकारको संरक्षण नगर्न सांसदहरुलाई चेतावनी दिए ।
उनले भने, ‘स्थानीय प्रशासनले पनि आवश्यक समन्वय गर्दैन । जनप्रतिनिधिहरु त्यसलाई नर्काछ । त्यसमा अल्झिन चाहँदिन भन्छ । यही सदनमा भएका केही सांसदहरुको आफन्तहरु पनि आवद्ध भएकोले गर्दा हाम्रै साथी भाइले पनि साहुकारको संरक्षण गर्छ । पीडकको संरक्षण गर्छ । राज्य त कमजोरको लागि बनेको हो नि । सबलको लागि त राज्य चाहिएकै थिएन । तर किन हामी कमजोरको संरक्षण गर्नुको सट्टा साहुहरुको संरक्षण गर्दैछौँ । गम्भिरतापूर्वक ध्यान आकर्षण गर्न चाहान्छौँ । चेतावनीसहित अनुरोध साहुकारहरुको संरक्षण नगर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण