बालुवाटारमा दोस्रो चरणको छलफल : मन्त्रिमण्डल विस्तारमा जुट्ला सहमति ?

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेता बालुवाटार पुगिसकेका छन् । जसपा अध्यक्ष बालुवाटार पुगेर व्यक्तिगत काम पर्यो भन्दै बाहिरिएका छन् ।
बुधवार सहमति जुटे केही मन्त्रीलाई तत्काल शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागि उनले सरकारमा सहभागी हुने दलहरूलाई एकएक जना मन्त्रीको नाम दिन बिहानै भनेका थिए । नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछि मात्र मन्त्रीको नाम दिने निर्णय गरेको बताए पनि पहिलो चरणमा डा.बेदुराम भुसाललाई सरकारमा पठाउने तयारी गरेको छ । दोस्रो चरणमा सो पार्टीले प्रकाश ज्वालालाई सरकारमा पठाउने छ ।
मङ्गलवार बसेको गठबन्धनको बैठकमा दलहरूले मन्त्रालयमा आआफ्नो दाबी पेस गरेका थिए । तर मन्त्रालय भन्दा बढी दाबी परेकाले सङ्ख्या मिलाउन प्रधानमन्त्रीलाई अप्ठेरो परेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर