सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति र सुशीला सम्मानित

बुधबार, १५ चैत २०७९, १७ : ५७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी अन्तर्गतको वुमेन्स कमिसनले बुधबार १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भलिबलकी पूर्व खेलाडी तथा प्रशिक्षक शान्ति गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी सुशीला पोडेनीलाई सम्मान गरेको छ । 

बुधबार नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद विकासमा पु¥याएको योगदान तथा सेवाका लागि उनीहरूलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान गरेका हुन् । त्यस अवसरमा दुवैले आप्mनो कामको कदर भएकोमा खुसी व्यक्त गर्दै सम्मानका लागि धन्यवाद प्रकट गरे ।

त्यस अगाडि चीनको हानचाउमा हुने एसियाली खेलकुदमा सहभागी हुने सम्भावित खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई ‘प्रोफेसनल एक्सिलेन्स एन्ड डाइनिङ इटिक्वेट’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

यस्तै वुमेन्स कमिसनले सन २०१२ देखि प्रत्येक वर्ष नगद पुरस्कारसहित नेपाली खेलकुदमा योगदान पु¥याउने दुई जनालाई सम्मान गर्दै आएको छ ।

यस्तै बुधबार नै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बुल्गेरियामा हुने वल्र्ड जुनियर क्याडेट फेन्सिङ च्याम्पियनसपमा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । सोफिया चन्दलाई अध्यक्ष श्रेष्ठले बिदाइ गरेका हुन् । चन्दले सावरको जुनियरमा प्रतिष्पर्धा गर्नेछिन् ।

यस्तै ‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एण्ड पिस २०२३’ अन्तर्गत यसवर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ । कार्यक्रमको आयोजनाका लागि बुधवार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । 

सम्झौता पत्रमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । त्यस अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा कार्यक्रम हुनेछ । कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप