होलीमा एक सय ५० बढी मोटरसाइकल प्रहरी नियन्त्रणमा
शनिबार, १९ फागुन २०७४, १० : ३८
सिरहा । ट्राफिक नियम उल्लंघन गरेको भन्दै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक सय ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
होलीमा अवान्छनीय गतिविधि रोक्न प्रहरीले हिजो दिनभरीमा सिरहा, लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुर लागाएतका स्थानबाट मोटर साइकल नियन्त्रणमा लिएको हो ।
एउटै मोटर साइकलमा दुई जनाभन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्यधिक गतिमा मोटरसाइकल कुदाएको, मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको भन्दै सम्भावित दुर्घटना रोक्न मोसा नियन्त्रणमा लिएको उनले बताए ।
नियन्त्रणमा लिएको मोटरसाइकलबाट ट्राफिक नियम उल्लंघन गरेको कारवाही गरिने कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण