तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले रातोपाटीलाई जानकारी दिए ।
बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू