कोशी नामकरण विवाद : चैत २५ पछि निर्णायक आन्दोलन गर्ने पहिचानवादीको निर्णय
विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । समितिको बुधवार बसेको जुम बैठकले चलिरहेको एसइई परीक्षालाई मध्यनजर गर्दै त्यसअगाडि कुनै पनि सार्वजनिक प्रदर्शनका कार्यक्रम नराख्ने निर्णय गरेको हो । ‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसइई परीक्षालाई ध्यानमा राखी तालाबन्दी र ठुलो विरोध जुलुस र सभाहरू स्थगित गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरू जारी राख्ने निर्णय भएको छ,’ सङ्घर्ष समितिका नेता अर्जुन जम्नेली राईले भने ।
बैठकले सरकारले सहिद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म लाजेहाङको शव पोस्टमार्टम गर्न नदिने, उनलाई सहिद घोषणा गर्न सरकारलाई दबाब सिर्जना जारी राख्ने निर्णय पनि गरेको छ । बैठकले आगामी चैत २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निर्णय पनि गरेको छ । ‘समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गते पछि विराटनगर केन्द्रित निर्णायक आन्दोलनमा होमिने निर्णय गरेका छौँ,’ राईले भने ।
चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ, र विदेशी नियोगहरूमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यिक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको उनको भनाइ छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचानवादी सङ्घ सङ्गठनहरू आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण