बजारमा पैसाको सर्कुलेशन बढ्यो, ६ खर्ब १५ अर्ब सर्वसाधारणको हातमा

काठमाडौँ । पछिल्लो महिना करेन्सी इन सर्कुलेशनमार्फत बजारमा पैसा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजारमा पैसाको सर्कुलेशन कूल ६ खर्ब १५ अर्ब ३९ करोड २६ लाख ९३ हजार ६५७ रुपैयाँ पुगेको हो ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो करेन्सी सर्कुलेश ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा ३ अर्ब ३६ करोड ५० लाख ८९ हजार ६८७ रुपैयाँ सर्कुलेशन बढेको हो । यसको मतलब बजारमा नगद प्रवाह बढेको छ ।
यद्यपि, यस्तो पैसा बैंक तथा वित्तीय संस्थामा आउजाउ भइरहेको हुन्छ । बजारमा चलन चल्तीमा रहेको पैसा नै तथ्याङ्कमा देखिएको हो । तरलता अभावका बीच यस्तो नगद प्रवाह अझ विस्तार गर्नुपर्ने व्यवसायी र अर्थविद्हरूले बताइरहेका छन् ।
विशेष चाडपर्व तथा लगानीको मौसमका बेला बजारमा पैसाको सर्कुलेशन बढ्ने र अरू बेला बैंकमा पैसा फर्किने राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको कात्तिक ६ गते अधिकतम ७ खर्ब २८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
-
गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?