बजारमा पैसाको सर्कुलेशन बढ्यो, ६ खर्ब १५ अर्ब सर्वसाधारणको हातमा
काठमाडौँ । पछिल्लो महिना करेन्सी इन सर्कुलेशनमार्फत बजारमा पैसा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजारमा पैसाको सर्कुलेशन कूल ६ खर्ब १५ अर्ब ३९ करोड २६ लाख ९३ हजार ६५७ रुपैयाँ पुगेको हो ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो करेन्सी सर्कुलेश ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा ३ अर्ब ३६ करोड ५० लाख ८९ हजार ६८७ रुपैयाँ सर्कुलेशन बढेको हो । यसको मतलब बजारमा नगद प्रवाह बढेको छ ।
यद्यपि, यस्तो पैसा बैंक तथा वित्तीय संस्थामा आउजाउ भइरहेको हुन्छ । बजारमा चलन चल्तीमा रहेको पैसा नै तथ्याङ्कमा देखिएको हो । तरलता अभावका बीच यस्तो नगद प्रवाह अझ विस्तार गर्नुपर्ने व्यवसायी र अर्थविद्हरूले बताइरहेका छन् ।
विशेष चाडपर्व तथा लगानीको मौसमका बेला बजारमा पैसाको सर्कुलेशन बढ्ने र अरू बेला बैंकमा पैसा फर्किने राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको कात्तिक ६ गते अधिकतम ७ खर्ब २८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण