पाटेबाघले मार्यो आधा दर्जन पशुचौपाया
बिहीबार, १६ चैत २०७९, १४ : ३५
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।
पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण