समाचार
सरकार र मिटरब्याजी पीडितबीचको दोस्रो वार्ता ६ बजे
बिहीबार, १६ चैत २०७९, १५ : १२
काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।
दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिझन यादवले जानकारी दिए । मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण