उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो । चैत १८ गतेदेखि लागु हुने गरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण