बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
काठमाडौँ । नेपाली बैङ्किङ इन्ड्रस्टिमा भइरहेको चौतर्फी आक्रमणमा नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ । नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा गर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।
एनएमबी बैंकका कार्यकारी अधिकृत (सिइओ) समेत रहेका अध्यक्ष केसीले भने, ‘बैङ्किङ इन्ड्रस्टिमाथिको आक्रमण केबल संस्थामाथिको मात्र होइन, यो त समग्र मुलुकको वित्त क्षेत्रमाथिकै आक्रमण हो’ केसीले चेतावनी पूर्ण सन्देश दिँदै भने, ‘नेपालको बैङ्किङ क्षेत्रमा के भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहेको छ । यहाँको बैङ्किङ क्षेत्रमा एकपछि अर्को यस्तै प्रहार भइरहने हो भने विदेशी लगानी (एफडीआई) नआउन पनि सक्छ’ केसीले भने ।
बैङ्किङ विश्वासकै कारण विदेशी लगानी सहज भइरहेको बताउँदै अध्यक्ष केसीले त्यो विश्वास गुमे अहिले आइरहेको धेरथोर लगानी समेत रोकिन सक्ने बताए । यसै अवसरमा बैंकर्स संघले अहिलेको अवस्था निक्षेपकै ब्याजदर साढे ८ प्रतिशत हाराहारी पुगिसकेको अवस्था कर्जामा १३.०३ प्रतिशत स्वाभाविक भएको बताएको छ ।
तरलता सहजताको रूपमा अहिले पनि बैंकहरुसँग ७० अर्ब माथि लगानी योग्य रकम रहेकाले सहज अवस्थामा नै रहेको बताए । तर, आर्थिक समस्याका बीच केही समय बैंकहरुले लगानी रोकेको र अहिले राम्रो क्षेत्र हेरेर लगानी गर्न थालेको बताए । लगानीको दीर्घ फाइदालाई हेरेर बैंकहरु मिलेर विद्युतीय गाडीमा समेत लगानी बढाइरहेको अध्यक्ष केसीले बताए । जसले पेट्रोलियम पदार्थमा बर्सेनि बाहिरिन सक्ने अर्बौँ पैसा स्वदेशमा नै रोक्न सकिने अपेक्षा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण