महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
भारतको सबैभन्दा चर्चित व्यक्ति मुकेश अम्बानीको मुम्बईस्थित घर एन्टिलियाको फोटो त तपाईंले देख्नुभएको होला । तर अम्बानीको दुबईमा भएको बङ्गला त देख्नुभएको छैन होला । यो कुनै राजमहलभन्दा कम छैन ।
रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको यो घर दुबईको पाम जुमेराह बीचमा बनेको छ । ब्लुमबर्गका अनुसार यसको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब, ५२ करोड रुपैयाँ) पर्छ ।
यो बङ्गला मुकेश अम्बानीले आफ्नो कान्छो छोरा अनन्त अम्बानीका लागि अघिल्लो वर्ष किनेका थिए । दुबईको सबैभन्दा महँगो सम्पत्तिमा समावेश यो बङ्गला समुद्रको किनारमा हातको आकारको कृत्रिम द्विप समूहको उत्तरी भागमा रहेको छ ।
यसमा १० लग्जरी बेड रुम, एक निजी स्पा र इनडोर र आउटडोर पुलसमेत थुप्रै पाँच–तारे सुविधा छन् । बेलायती फुटबलर डेभिड बेकहम र बलिउड अभिनेता शाहरुख खानको पनि बङ्गला यहाँ छ र उनीहरू मुकेश अम्बानीका छिमेकी हुन् ।
यसअघि मुकेश अम्बानीले आफ्नो जेठो छोरा आकाश अम्बानीका लागि बेलायतमा एक विलासी भवन खरिद गरेका थिए ।
मुकेश अम्बानीको कुल सम्पत्ति हाल ७७ अर्ब डलर हो र उनी अर्ब पतिको सूचीमा १२ औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण