तनहुँ १ मा एकीकृत समाजवादीले प्रतापलाललाई उठाउने
बिहीबार, १६ चैत २०७९, २१ : ४३
काठमाडौँ । तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी तनहुँको बिहीबार बसेको बैठकले तनहुँ जिल्लाको वामपन्थी आन्दोलनका अगुवा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष श्रीराम कार्कीले बताए ।
अध्यक्ष कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण वामपन्थी लोकतान्त्रिक शक्तिहरु र आम स्वतन्त्र नागरिकहरुलाई संघर्षशील नेता श्रेष्ठलाई विजय गराउन अपिल गरेका छन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले स्वर्णिम वाग्ले र एमालेले सवेन्द्र खनाललाई उठाउने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण