बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँ १ मा एकीकृत समाजवादीले प्रतापलाललाई उठाउने

बिहीबार, १६ चैत २०७९, २१ : ४३
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी तनहुँको बिहीबार बसेको बैठकले तनहुँ जिल्लाको वामपन्थी आन्दोलनका अगुवा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष श्रीराम कार्कीले बताए ।

अध्यक्ष कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण वामपन्थी लोकतान्त्रिक शक्तिहरु र आम स्वतन्त्र नागरिकहरुलाई संघर्षशील नेता श्रेष्ठलाई विजय गराउन अपिल गरेका छन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले स्वर्णिम वाग्ले र एमालेले सवेन्द्र खनाललाई उठाउने तयारी गरेका छन् ।

prataplal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप