आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ?

शुक्रबार, १७ चैत २०७९, १० : २३
शुक्रबार, १७ चैत २०७९

के तपाईंलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ?

सङ्केत – तपाईंलाई उनको नाम थाहा छ ।

ट्विटरका मालिक एलन मस्कका अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् ।

एलन मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३ करोड ३१ लाखभन्दा बढी फलोअर्स छन् । 

नयाँ बढेका फलोअर्सका कारण एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई पछि पारेका छन् ।

समाचार लेख्दासम्म बराक ओबामाको ट्विटरमा १३३ मिलियन फलोअर्स थिए ।

एलन मस्कले गत वर्ष अक्टोबर महिनामा ट्विटर किनेका थिए, त्यसपछि ट्विटरमा धेरै परिवर्तनहरू देखिएका छन् ।

जसमा सिइओ पराग अग्रवाल लगायत हजारौँ व्यक्तिलाई बर्खास्त गर्नेदेखि लिएर ‘ब्लु टिक’ नामक एकाउन्टको प्रमाणीकरण दिने गरी पैसा लिने जस्ता नियमहरू समावेश छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप