कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
शुक्रबार, १७ चैत २०७९, १२ : ५५

काठमाडौँ । मन्त्रीको भागबण्डाको विषयमा कांग्रेसभित्रै रडाको भएको छ । संस्थापन समूहले इतर समूहलाई कम मन्त्रालय भाग दिन लागेपछि असन्तुष्टि बढेको हो ।
नेता शेखर कोइरालासहितका इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने चेतावनी दिएका छन् ।
कोइराला समूहबाटउपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सम्मानजनक सहभागिता खोजेको हो ।
सहमहामन्त्री परियारले सम्मानजनक सहभागिता नभए आफूहरु सरकारमा नजाने चेतावनी दिए । कांग्रेसले ८ मन्त्रालय पाएकोमा शेखर पक्षबाट दुई जनाले मात्रै भाग पाएको बताइएको छ । जसमा उपसभापति गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने तयारी छ । कोइराला समूहले थप मन्त्रालय मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त